Section 4
परिषद्को काम, कर्तव्य र अधिकार
(१) यस ऐनमा अन्यत्र लेखिएदेखि बाहेक परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :–
(क) कुनै पदार्थ, प्रक्रिया वा सेवाको सम्बन्धमा गुणस्तर निर्धारण गर्ने, निर्धारित गुणस्तरलाई संशोधन गर्ने वा रद्ध गर्ने,
(ख) कुनै स्वदेशी वा विदेशी संस्थाद्वारा तोकिएको गुणस्तरलाई मान्यता दिने,
(ग) गुणस्तरको निर्धारण वा परीक्षणको लागि सरकारी वा गैर सरकारी प्रयोगशालालाई मान्यता प्रदान गर्ने वा दिएको मान्यतालाई निलम्बन वा रद्द गर्ने,
(घ) गुणस्तरको प्रमाणपत्रको ढाँचा र प्रमाण–चिन्हको आकार, प्रकार र ढाँचा तोक्ने,
(ङ) गुणस्तरको प्रमाणपत्र र प्रमाण–चिन्हको दस्तुर र सेवा उपलब्ध गराए वापतको दस्तुर तोक्ने वा हेरफेर गर्ने ।
(२) परिषद्ले आफनो कार्य सञ्चालन गर्नको लागि आवश्यकता अनुसार परिषद्का सदस्यहरु वा अन्य व्यक्तिहरु समावेश गरी समिति वा उपसमिति गठन गर्न सक्नेछ ।